तालाबन्दीबाट विश्वविद्यालय केन्द्रिय क्यापस सबैभन्दा बढि प्रभावित भएको भन्दै ध्यानाकर्षण

 विभिन्न विद्यार्थी संघसंगठनको तर्फबाट गरिएको तालाबन्दीबाट विश्वविद्यालय केन्द्रिय क्यापस सबैभन्दा बढि प्रभावित भएको भन्दै सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्यापस एकाइले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

 बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्यापस एकाइले सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनबाट गरिएको शुल्क समायोजनप्रति विभिन्न विद्यार्थी संघसंगठनको तर्फबाट तालाबन्दी गरिदा केही दिनदेखि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस सबैभन्दा बढि प्रभावित भएको भन्दै आफ्नो ध्यानकर्षण भएको जनाएको हो । विद्यार्थी संघसंगठनद्धारा गरिएको तालाबन्दीबाट स्नातक तहको प्रथम सेमेष्टरको भर्ना प्रक्रिया अवरुद्ध हुनुका साथै समग्र व्यवस्थापकीय एवं प्रशासनिक कार्यहरु समेत प्रभावित भएकाले यसबाट सृजना हुनसक्ने नकारात्मक मनोविज्ञानप्रति समयमा नै संवेदनशील भई आपसी सहकार्य र संवादबाट समस्याको समाधान गर्नका लागि विद्यार्थी संघसंगठन तथा विश्वविद्यालय प्रशासनसंग सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्यापस एकाइले आग्रह समेत गरेको छ ।

 यस्तो विषम परिस्थितिमा समेत सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्यापसमा कार्यरत सम्पुर्ण प्राध्यापक एवंम कर्मचारीहरुले पठनपाठन तथा अन्य प्रशासनिक कार्यहरु जिम्मेवारीपुर्वक निर्वाह गरि रहेकाले उहाहरुलाई विज्ञप्तिमार्फत धन्यवाल समेत दिइएको छ । साथै सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको समग्र विकासका लागि स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवाला नियकाहरुले उठान गरेका हरेक सकारात्मक मुद्धाहरुमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्यापस सदैव सहकार्य गर्न प्रतिवद्ध रहेको समेत प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

 सुदुरपश्चिमाञ्चल विश्वविद्यालय सबैको साझा फुलवारी भएकाले सबै मिली यस शैक्षिक धरोहरको प्रतिष्ठालाई कायम गर्न आजैका मितिबाट एकजुट भई अगाडि बढ्न समेत सम्बन्धित सम्पुर्ण सरोकारवाला निकायहरुलाई हार्दिक अपिल गर्दछौ, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्यापस एकाइका सभापति दीपकचन्द्र भट्टद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.