नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले आह्वान गर्न लगाएको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठक स्थगित गरिएको छ । प्रदेश समितिको आइतबार बसेको बैठकले संसदीय दलको बैठकको लागि संसदीय दलको नेतालाई निर्देशन दिएको थियो ।
नेकपा एमालेमा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट र पार्टी अध्यक्ष कर्ण थापा अध्यक्ष ओली निकटका नेता हुन भने संसदिय दलका नेता प्रकाश शाह माधव नेपाल निकट छन । ओली पक्षिय नेताहरुको निर्देशनमा शाहले बैठक बोलाउने सम्भाबना को बारेमा भने अन्यौलता रहेको थियो ।
होलीको कारण सांसदहरु कै आग्रहमा बैठक स्थगित गरिएको ओली पक्षिय सांसद झपट बोहराले बताए । बैठक स्थगित भएको पार्टीका प्रदेश सचिब राजेन्द्र रावलले सांसदहरुलाई मेसेज गरेका छन् । एमालेका प्रमुख सचेतक तारालामा तामाङले बैठकमा जाने नजाने कुरा भन्दा पनि बिधी नै नमिलेको बताए ।
‘बैठक बोलाउनु पर्ने संसदिय दलका नेताले हो तर त्यसो नभएर पार्टी बोलाउने कुरो हुँदैन,’ तामाङले भने,’ सामान्य बिधी पद्दती नै नबुझेको देखियो ,शायद माथिबाट केही निर्देशन आएको होला बैठक बोलाउने पक्षले स्थगित गरेको मेसेज पठाएको छ ।’ नेकपा एमाले ले दिएको समर्थन फिर्ता लिन पार्टीका इन्चार्ज लेखराज भट्ट पार्टी अध्यक्ष कर्ण थापा लगाएतको टिम केही दिन यता धनगढी मा रहेका छन ।
Comments are closed.