नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ७६ हजार नौ सय ८० पुगेको छ । यस्तै थप ८२ जना कोरोना संक्रमित कोरोना मुक्त भएसंगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६ सय १२ पुगेको छ । अहिले नेपालमा १ हजार ३ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार २७ जनाको ज्यान गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.