राना थारु समुदायमा होली पर्व अन्र्तगत टीका

 राना थारु समुदायमा होली पर्व अन्र्तगत टीका लगाइएको छ । हिजो फागु पुर्णिमाका दिन होलीकालाई दहन गरेकामा त्यही दहन गरेको खरानीलाई टीका लगाउने परम्परा राना थारु समुदायमा रहेको छ । राना थारु समुदायका गाउमा तोकिएका निश्चित स्थानमा होलीकाको प्रतिमुर्ति बनाई त्यसलाई जलाउने गरिन्छ ।

 फागु पुर्णिमा अघि राना थारु समुदायमा एक महिनासम्म होली पर्व मनाइएको थियो, जसलाई राना थारु समुदायमा जिन्दा होली भन्ने गरिन्छ । फागु पुर्णिमाका दिन होलिका दहन पश्चात आजदेखि करीब ८ दिनसम्म मरी होली खेल्ने गरिन्छ । आजदेखि राती र दिन गरी होलीका गीतहरुमा कृष्णलिला, रामायण, बाह्मासी, साखोको वर्णन समेत गर्ने गरिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.