बैतडी जिल्लामा जिप दुर्घटना

बैतडी जिल्लामा बोलेरो जिप दुर्घटनामा परेको छ । अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप आज बिहान महाकाली लोकमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुदाँ जिपमा सवार तीन जना घाइते भएका छन् ।उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

जिपका चालक दार्चुलाको अपिहिमाल ५ का विरेन्द्र धामी भने फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.