महाकाली नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने

दार्चुला जिल्लाको महाकाली नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको छ ।

वायु प्रदूषणका कारण देखाउदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार एक विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपनि महाकाली नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाको सोमबार नै एक सूचना जारी गर्दै विद्यालय नियमित रुपमा सञ्चालन गराउन सबै बिधालयहरुलाई निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भूर्तेलद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय प्रदुषणको प्रतिकूलता नदेखिएकाले विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।

सम्बन्धित

Comments are closed.