महाकाली अस्पतालका सहयोगी सहित दुई जना मृत भेटिएका छन् । पूर्वपश्चिम राजमार्ग वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यतर सार्की मंगलबार बिहान नदी नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
घटनास्थल कार्य समेत सार्कीको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। यस्तै कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेका छन् ।
उनी मंगलबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.