डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको ज्यान गएको छ भने २ जना घाइते

 डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको एैरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो । उहाका अनुसार घाइते हुनेमा एैरी गाउँकै ३० वर्षीया सारदा ऐर र २० वर्षीया कमला विक रहेका छन् । घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उहाहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.