विद्युतका लाइनहरु तानिदा दुर्घटनाको सम्भावना रहेको भन्दै स्थानीयहरुद्धारा चिन्ता व्यक्त

 कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ मा रहेको ब्रह्मदेव बजारमा अव्यवस्थित तरिकाले विद्युतका लाइनहरु तानिदा दुर्घटनाको सम्भावना रहेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । विद्युत प्राधिकरणसंग पटक पटक विद्युतका लाइनहरु व्यवस्थित गर्न माग गर्दापनि विद्युत प्राधिकरणले अटेरी गरेको स्थानीयहरुको भनाई छ ।

 विद्युतका तारहरु घरको छानासंगै जोडिएका कारण कुनै पनि बेला तार सर्ट हुदा आगालागीको जोखिम हुने स्थानीय व्यापारीहरुले बताएका छन् । यस विषयमा विद्युत कार्यालय महेन्द्रनगर कञ्चनपुरसंग बुझ्दा घरको छानामाथि भएर विद्युतका तारहरु तानिएको नभई विद्युतका तारहरुको तलतिर घर बनाइएको विद्युत कार्यालय महेन्द्रनगरका प्रमुख मनोज शर्माले दाबी गर्नु भयो । तर स्थानीयहरुले भने आफुहरुले नाप नक्सा बनाएर घर तथा भौतिक संरचना निर्माण गरी सकेपश्चात पनि विद्युतका तारहरु घरको छाना नजिकै भएर तानिएकाले यो समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् ।

 यता विद्यतु कार्यालय महेन्द्रनगरका प्रमुख शर्माले आफुहरु समस्या समाधान गर्न तयार रहेको बताउदै समस्याका बारेमा कार्यालयमा आएर समस्या राख्न आग्रह गर्नु भयो । स्थानीयहरुले भने पटक पटक विद्युत कार्यालयमा पुगेर आफ्ना समस्या राख्दा समेत कुनै पनि सुनुवाई नभएकाले आगामी दिनमा कुनै किसिमका दुर्घटना भएका त्यसको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.