कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीद्धारा बरामद

कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा क्षेत्रीय अनुसन्धान समुह (च्क्ष्त्) बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ चम्मन चोक सडक स्थित भारतबाट भन्सार छली, चोरी पैठारी गरी ल्याएको लेडिज सुट, टेबल पंखा, होल्डर गरी अन्दाजी २४ हजार ४ सय रुपैया मुल्य बराबरका सामानहरु बरामद गरेको हो । ती समान बरामद गरी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चचनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

 यसैविच बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ मझगाँउ स्थित भारतबाट भन्सार, छली चोरी पैठारी गरी ल्याएको वेसनको पिठो, नरीवल, पास्ता, सुर्ती अन्दाजी उन्चालिस हजार आठ सय पचास रुपैया बराबरको सर–समान कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज शुक्रवार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित

Comments are closed.