मानव बेचविखन ओसार पसार तथा नियन्त्रण गर्नका लागि समिति गठन

 खुला सीमा क्षेत्र रहेको कञ्चनपुरको दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसार पसार तथा नियन्त्रण गर्नका लागि समिति गठन गरिएको छ । मानव बेचविखनको उच्च जोखिममा रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दोधारा चादनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

 समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लाल बहादुर बमं, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् । नेपाल भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचविखनको उच्च जोखिम रहेको बताउदै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख सुनारले मानव बेचविखनलाई नियन्त्रण गर्नका लागि नव गठित समितले सघाउ पु¥याउने बताउनु भयो ।

 मानव बेचविखन नियन्त्रणको कार्यसँगै जनचेतनाको कार्यलाई समेत सँगसँगै लैजानुपर्ने नगर प्रमुख सुनारको भनाइ छ । अवैध बाटोको प्रयोग गरी चेलिवेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडि बढाउँदै आएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.