डडेल्धुराको पर्शुराम नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ६७ वटा छनोट भएका सम्पुर्ण योजनाहरु कार्यान्वयनमा

 डडेल्धुराको पर्शुराम नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ६७ वटा छनोट भएकामा शुक्रवारदेखि ती सम्पुर्ण योजनाहरु कार्यान्वयनमा गएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संघीय सरकारबाट ५ करोड ५३ लाख ११ हजार रुपैया बजेट पाएको डडेल्धुराको पर्शुराम नगरपालिकाले अहिले नगरपालिका क्षेत्र भित्र ६७ वटा योजनाहरु कार्यान्वयन गरी रहेको पर्शुराम नगरपालिकाका रोजगार संयोजक डम्बर महराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार यसै आर्थिक वर्षको माघ महिनामा योजनाहरु छनोट भइ सकेका भएपनि सम्पुर्ण केही मात्रै त्यो बेला कार्यान्वयन गएका थिए

 पर्शुराम नगरपालिकामा यसै आर्थिक वर्षको माघ १५ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको थियो । ५ हजार ३ सय ४१ जनाले आफुहरु बेरोजगार रहेको भन्दै फर्म भरेका भएपनि तीमध्ये छनौट भएका १ हजार ७० जनाले एक सय दिनको रोजगारी पाएका छन् । ती १ हजार ७० जनाले डडेल्धुराको पर्शुराम नगरपालिका क्षेत्रभित्र सडक निर्माण देखि लिएर पुर्वाधार निर्माणका विभिन्न ६७ वटा योजनाहरुमा काम गरी रहेका डडेल्धुराको पर्शुराम नगरपालिकाका रोजगार संयोजक डम्बर महराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 उहाका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिले नै विकास निर्माणका कार्यलाई जोड दिएकाले पुर्वाधार निर्माणका कार्यलाई जोड दिइएको हो । प्रत्येक योजनाको एउटा रोजगार उपभोक्ता समिति गठन गरिएको र सो समितिले आयोजनाको सम्झौता गरेर उपभोक्ता समितिसंग सहकार्य गरी कार्य गरी रहेका पर्शुराम नगरपालिकाका रोजगार संयोजक महराले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.