बालुवा उत्खनन् गर्ने राना, ट्याक्टरसहित प्रहरीले शुक्रबार नियन्त्रणमा

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.