सुदुरपश्चिमेलीहरुको विसुु पर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने सुदुरपश्चिमेलीहरुको संख्या बढ्दै गएको छ । यहि बेला भारतमा कोरोनाको संक्रमण बढिरहेका बेला नेपाल फर्किनेहरुमा कोरोनाको संक्रमण पनि बढ्दो छ । त्यसैले अहिले नाकामा कोरोना परिक्षणलाई तिब्रता दिइएको छ । कैलालीका प्रमुुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चैत्र ३ गते यता हाल सम्म १ सय बढि कोरोनाका संक्रमितहरु भेटिएको बताउनुु भयो ।
सुरुवातमा भारतबाट आउने सिमित ब्यक्तिलाई कोरोनाको परिक्षण गरिने गरेकोमा अहिले नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येकलाई कोरोनाको परिक्षण गर्ने काम भइरहेको उहाले जानकारी दिनु भयो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुुख लाल बहादुर धामीले अहिले नाकाबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोनाको संक्रमण बढ्दै गइरहेको बताउनु भयो । भएका सिमित आइसोलेसनहरु पनि भरिने अवस्थामा रहेको भन्दै उहाले स्थानीय तहहरुले कोरोना रोकथामका लागि तयारी बढाउन आवस्यक रहेको बताउनु भयो ।
भारतबाट नेपाल फर्किनेहरुको संख्या बढेपछि नाकामै स्वास्थ्य परिक्षणको काम भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले पनि शनिबार त्रिनगर नाकाको अवलोकन गर्नुभएको छ । केन्द्र सरकारले कोरोना न्यूनिकरणका लागि विभिन्न प्रयास गर्दै आइरहेको भन्दै अब स्थानीय तहहरुले पनि तयारी बढाउनुुपर्ने र आम नागरिकहरुले पनि आफै सजगता बढाउनुुपर्ने उहाले सुुझाव दिनुु भयो ।
केहि दिन यता सुदुरपश्चिम प्रदेशका विशेष गरि त्रिनगर नाका, गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाकामा भारतबाट स्वदेश फर्किने नेपालीहरुको भिड लाग्ने गरेको छ । केहिले भारतमा कोरोना बढ्दै गइरहेकोले नेपाल फर्किएको बताउने गरेका छन् भने केहिले सुदुरपश्चिमेलीहरुको पर्व विसुु बनाउनका लागि घर फर्किरहेको बताएका छन् ।
Comments are closed.