दैनिक गुजारा चलाउनकै लागि दाउरा बेच्नु पर्ने बाध्यतामा रहेका कञ्चनपुरका विभिन्न क्षेत्रका महिलाहरुको समस्या अझै यथावत

 दैनीक गुजारा चलाउनकै लागि दाउरा बेच्नु पर्ने बाध्यतामा रहेका कञ्चनपुरका विभिन्न क्षेत्रका महिलाहरुको समस्या अझै यथावत नै रहेको पाइएको छ । वनबाट जोखिम मोेलेरै भएपनि दाउरा ल्याउने भएपनि ती दाउरा बेच्नका लागि समस्या भएको ती महिलाहरुको गुनासो रहेको छ । मौसम जति नै प्रतिकुल भएपनि वनबाट लुकीछिपी रुपमा दाउरा ल्याउने र ती दाउरा नजिकको बजारसम्म नभए जिल्ला सदरमुकाम महेन्द्रनगर बजार सम्म नै ल्याएर दाउरा बेच्नुपर्ने बाध्यता ती महिलाहरुको रहेको छ । रोजगारी अरु केही पनि नभएकाले घर खर्च नै चलाउन समस्या हुने गरेकाले बाध्य भएर दाउरा बेच्नु परी रहेको ती महिलाहरुले बताएका छन् ।

 यसैविच कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ बस्ने दाउरा बेची गुजारा चलाइ रहेका महिलाहरुले आफुहरु प्राय जसो रातीको समयमा गएर वनबाट दाउरा ल्याउने र त्यो दाउरा बेच्नका लागि महेन्द्रनगर बजारसम्म पुग्ने गरेका बताएका छन् । उहाहरुले स्थानीय तहको निर्वाचनका बेला केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले सर्वसाधारणका समस्याहरु खासै समाधान नगरेकाले आफुहरुले समस्या समाधान गर्ने भन्दै चुनावी नारा लगाएकाहरुले अहिले ती नारा बिर्सिसकेका बताएका छन् । आफुहरुको अन्य कुनै पनि आम्दानीको श्रोत नभएकाले आफुहरुले बाध्य भएर दाउरा बिक्रि गरी गुजारा चलाइ रहेका बताउने ती महिलाहरुले आफुहरुको समस्या समाधानका लागि कुनै पनि क्षेत्रबाट पहल नभएको बताएका हुन् ।

 आफुहरु पढेलेखेका नभएपनि आफ्नो क्षमताले भ्याउनेसम्मका कार्य गर्नका लागि आफुहरु तयार रहेका भएपनि वडा, पालिका तथा अन्य कुनै पनि क्षेत्रबाट कुनै पनि किसिमको तालिम प्रदान नगरीएको तथा अन्य कुनै पनि अवशरहरु नदिइएको बताएका छन् । घरमा नुन तेलकै जोहो गर्नका लागि समेत समस्या हुने गरेको बताउने ती महिलाहरुले आफुहरु त्यही नुन तेलको जोहो गर्न तथा छोराछोरीहरुको कापी कलम किन्नका लागि जोखिम मोलेर वनबाट दाउरा ल्याउने र जस्तोसुकै मौसममा पनि बजारसम्म पु¥याएर बेच्ने गरेका बताएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ बस्ने पार्वती धामीले आफुहरु रातीको समयमा जोखिम मोलेर वनमा गएर दाउरा ल्याउने गरेको र त्यसरी दुख गरी गरी ल्याएको दाउरा बजारमा सजिलै बिक्री नहुने गरेको बताउनु भएको छ । आफुहरुलाई नुन तेलकै लागि समस्या भएकाले दाउरा बेच्नुपर्ने बाध्यता रहेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीकै ईश्वरी धामीले बताउनु भयो ।

 उहाहरु दुई जना त केवल प्रतिनिधी पात्र मात्रै हुन् स्थानीय तह, जनप्रतिनिधी तथा अन्य सरोकारवालाहरुले स्थानीय स्तरमै रोजगारीका अवशरहरु सिर्जना गर्नका लागि प्रभावकारी रुपमा काम गर्न नसक्दा कञ्चनपुरका अन्य विभिन्न स्थानका महिलाहरु पनि जोखिम मोेलेर दाउरा बेच्न बाध्य भएका छन् । यसले एकातिर ती महिलाहरुको असुरक्षालाई बढावा दिइ रहेको छ भने अर्काेतिर वन सम्पदाको समेत विनास हुने हुनाले यसतर्फ सरोकारवालाहरुले ध्यान पु¥याउनु पर्ने जानकारहरुले बताएका छन् । यता कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बीर बहादुर डगौरा भने आफुहरुले विभिन्न किसिमका सीपमुलक तालिमहरु समयसमयमा प्रदान गर्ने गरेको बताउनु भएको छ ।

 आफुहरुले बगुंर पालन, बाख्रा पालन, कटाई सिलाई जस्ता तालिमहरु प्रदान गरेको दाबी गर्नु भयो । तर केही सीमित व्यक्तिहरुलाई केही दिने तालिम दिएर मात्रै यस्ता खाले समस्याको समाधान नहुने भएकाले जनप्रतिनिधीहरुले तथा अन्य सरोकारवाला निकायहरुले दीर्घकालीन रुपमा फाइदा पुग्ने किसिमका कार्यहरु गर्नुपर्ने र स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय स्तरमै रोजगारीका अवशरहरु सिर्जना गर्नुपर्नेमा सर्वसाधारणहरुको जोड रहेको छ ।

सम्बन्धित

Comments are closed.