कैलालीको गोदावरीमा रहेको पुलमा नेपालका २१ वटा राष्ट्रिय झण्डा राखिएको छ । गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने उद्येश्यका साथ नेपालको झण्डा फहराइएको थ्रीडीभिएल क्रियसनले जनाएको छ । गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा ८ फिट लम्बाइको झण्डा राखिएको थियो ।
तर यहि चैत १५ गते मंगलबार अज्ञात समूहले राति तोडफोड गर्दै उक्त झण्डा फालिदिएको थियो । त्यसपछि अभियान चलाएर १ लाख रुपैयाको लगानीमा पुनः पुलमा २१ झण्डा राखिएको थ्रीडीभिएल क्रियसनका सचिव एलआर ओझाले बताउनु भयो । सडक डिभिजन कार्यालय, गोदावरी नगरपालिका तथा अन्य विभिन्न व्यक्तिहरुले ती झण्डा राख्न सहयोग गरेको सचिव ओझाले बताउनु भयो । साथै सोही मौकामा युवाहरुले पुलको सरसफाई समेत गरेका छन् ।