सोमवार चैत २३ गते सार्वजनिक बिदा

 सुदूरपश्चिम प्रदेश सरकारले सोमवार चैत २३ गते सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो ।

 प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताउनु भयो । राना थारू जातिले होली पर्वको अन्तिम दिनको रूपमा खखडेहरा पर्व मनाउँछन् ।

सम्बन्धित

Comments are closed.