सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना

 सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । आइतबार निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले कार्यालयको शुभारम्भ गर्नु भएको हो । जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय स्थापना भएको हो । कार्यक्रममा निर्वाचन आयुक्त तुलाधरले संघीय संरचनाअनुसार आयोगको प्रदेश कार्यालय खोलिएको जानकारी दिनु भयो । उहाले प्रदेशको सम्पूर्ण निर्वाचन गतिविधि प्रदेश कार्यालयबाट नै सञ्चालन हुने बताउनु भयो ।

 निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वासिलो बनाउनमा आयोग अगाडि बढिरहेको बताउँदै आफ्ना कार्यक्रमलाई पनि परिमार्जित गरेर अगाडि बढिरहेकाले त्यो परिमार्जनमा सबैको सल्लाह सुझाव आवश्यकता रहेको उहाले बताउनु भयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेल, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.