डोटीका दुई गाउँपालिकाले आफ्नै भवन निर्माण

 स्थानीय तह गठन भएदेखि भाडाको घर छाडेर डोटीका दुई गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् । पछिल्लो समय जोरायल र बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गर्न थालेका छन् । नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन् ।

 जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ । बडिकेदारको भवन कुल ७० लाखको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले जानकारी दिनु भयो ।

 उहाका अनुसार नयाँ बनेको भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २२ कोठाको भवन निर्माण गरिएको हो । उक्त भवनको निर्माण एस.एस.कन्सट्रक्सन दिपायलले गरेको हो । आफ्नै भवन निर्माण भएपछि नागरिकलाइ एक छाना मुनीबाट सेवा दिन निकै सहज भएको बडिकेदारका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनु भयो ।

 यसैगरी जोरायल गाउपालिकाले पनि कुल दुई करोड तीन लाखमा १४ कोठाको आफ्नो भवन निर्माण सम्पन्न गरेको छ । नयाँ बनेको भवनमा सभाहल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गरिएका छन् । उक्त भवन थानी कन्सट्रक्सन काठमाडांैले निर्माण गरेको हो । 

सम्बन्धित

Comments are closed.