कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा रहेको कञ्चन सहायता केन्द्रले होली खेलेर संकलन गरेको रकमले साउण्ड बक्स खरिद गरेको छ । समाजमा हुने विभिन्न समस्या समाधान गर्न सघाउ पु¥याउने उद्येश्यका साथ कञ्चनपुरको बेदकोट नगरपालीका वडा नम्बर २ जडेपानीमा स्थापना भएको कञ्चन सहायता केन्द्रले होली पर्व खेलेर संकलन भएको रकमबाट साउण्ड बक्स खरिद गरेको हो ।
भैपरी आउने समस्या लाई सामुहिक रुपले सुल्झाउन सहयोग गर्ने उद्येश्यका स्थापना भएको कञ्चन सहायता केन्द्रले समाजमा हुने विभिन्न कार्यक्रमहरुमा प्रयोग गर्न सकियोस् भन्ने उद्येश्यका साथ साउण्ड बक्स खरिद गरिएको कञ्चन सहायता केन्द्रका अध्यक्ष ललीत ओखेडाले बताउनुभयो । उहाका अनुसार कञ्चन सहायता केन्द्रका पदाधिकारी तथा संस्थामा आवद्ध व्यक्तिहरुको सहभागितामा होली खेलिएको थियो । त्यसरी होली खेलेर रकम संकलनका लागि होली कमिटी गठन गरिएको थियो, जसमा होलि कमिटी अध्यक्ष ललित ओखेडा, उपाध्यक्ष चन्द्रबहादुर दयार, संयोजक शिबलाल बोहरा, उप संयोजक दान बहादुर सुनार र सदस्यहरु सुरेन्द्र कुवर, पर्शुराम तिरुवा, दिपक टमाटा, राइशिङ बोहरा, शेर बहादुर बोहराको सहभागिता रहेको थियो ।
त्यसैगरी देबि भट्ट, रमेश बोहरा, ललित पातली, अशोक साउद, राम बहादुर धामी, हेमराज जोशी, मोहन मडै, जगदीश शुनार, नरिभान ऐडि, सुनिल ट्माटा, तेज मडै, हिमाल बोहरा, अबिसेक तिरुवा, जयराम राना, पवन धानुक, सुबास धामी, पदम बिस्ट लगायतको सहभागिता रहेको थियो । होली खेलेर करीब १३ हजार रुपैया जति रकम संकलन गरिएको बताउदै कञ्चन सहायता केन्द्रका अध्यक्ष ओखेडाले त्यसरी सहयोग गर्ने दाताहरुमा शिबलाल बोहरा, रमेश बोहरा, ललित ओखेडा, चन्द्रबहादुर दयार, शंकर भुल, राइशिङ बोहरा, शेर बहदुर बोहरा, नरिभान ऐडि, दिपक सुनार, उमेश साउद, केशब् पाठक रहेका जानकारी दिनु भयो ।