पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार २ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ७८ हजार चार सय ७० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक सय १३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ । नेपालमा अहिले १ हजार ९ सय ७९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म तीन हजार ३६ जनाको ज्यान गइसकेको छ ।
Comments are closed.