कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा निर्माण गरिएको आइशोेलेसनमा ९ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ । ५० जना कोरोना संक्रमितको उपचार गर्न सक्ने क्षमता रहेको आइशोलेसनमा हाल ९ जना कोरोना संक्रमितको उपचार भइ रहेको महाकाली अस्पतालका सुचना अधिकारी नारदप्रसाद भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
यसैविच कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको आइशोलेसनमा २ जना कोरोना संक्रमितको उपचार भइ रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । ५० जना कोरोना संक्रमितको उपचार गर्न सक्ने क्षमता भएपनि अहिले भने २ जना कोरोना संक्रमितको उपचार भइ रहेको उहाले जानकारी दिनु भयो । उहाका अनुसार एक जना कञ्चनपुरको पुर्नवासका र एक जना कैलालीको धनगढी उपमहानगरपालिकाका कोरोना संक्रमितको उपचार भइ रहेको छ ।