कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बन्दताल स्थित सोही स्थान बस्ने चक्र बहादुर चौधरीले चलाएको से १ त ४७०३ नम्बरको टेक्टरमा ११ गोलिया १०१.८४ क्यु फिट अबैध काठ चोरीछिपी लगी रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो । उहाका अनुसार टेक्टर सहित कानुन बमोजिम बरामद गरी निज चालक चक्र बहादुर चौधरीलाई समेत थप आवश्यक कार्वाहीका लागी शव डिभिजन वन कार्यालय पचकडिया पठाईएको छ ।