सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका कतिपय पालिकाहरुमा क्वारेन्टाइन र आइशोलेसन निर्माण नगरिएका पाइएको छ । भारतबाट स्वदेश फर्किने सुदुरपश्चिमेलीहरुको संख्या बढेसंगै नेपाल फर्किएकाहरुमा कोरोना संक्रमण देखिनेक्रम समेत बढि रहेका बेला स्थानीय तहहरुलाई आइशोलेसन र क्वारेन्टाइन तयारी अवस्थामा राख्नका लागि संघीय सरकारले आग्रह गरी सकेका बेला सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका कतिपय पालिकाहरुमा भने संक्रमण बढेपछि मात्रै क्वारेन्टाइन निर्माण गर्ने भन्दै क्वारेन्टाइन निर्माण नगरीएको पाइएको छ ।
सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकामा समेत क्वारेन्टाइन निर्माण नगरिएको पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितलाई राख्नका लागि आइशोलेसन निर्माण गरिएको भएपनि क्वारेन्टाइन भने निर्माण नगरिएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख कुम्भ राज शर्माले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आइशोलेसन निर्माण गरिएको भएपनि क्वारेन्टाइन भने निर्माण गरिएका छैनन् ।
भारतबाट आउनेहरुको सीमा नाकामा चेकजाच गर्ने गरिएको र कोरोनाको संक्रमण पुष्टि हुनेहरुलाई वडा नम्बर १५ मा रहेको आइशोलेसनमा राख्ने व्यवस्था गरिएको कैलालीको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख शर्माले बताउनु भयो । साथै धनगढी उपमहानगरपालिकाले यसअघि स्वदेश फर्किेनहरुका लागि भन्दै होल्डिङ सेन्टर निर्माण गरेको भएपनि अहिले भने सो होल्डिङ सेन्टर समेत सञ्चालनमा नरहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख शर्माले जानकारी दिनु भयो । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि आइशोलेसन र क्वारेन्टाइन निर्माण गरिएका छैनन् ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पातालमा निर्माण गरिएको आइशोलेसनमा नै संक्रमितहरु कम रहेकाले भीमदत्त नगरपालिकाले अलग्गै आइशोलेसन निर्माण नगरेको भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वाथ्य अधिकृत नरेन्द्र राज जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकामा पनि आइशोलेसन र क्वारेन्टाइन अहिले नरहेको जनाइएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा यसअघि सञ्चालनमा रहेका क्वारेन्टाइन र आइशोलेसनहरु अहिले सञ्चालनमा नरहेको कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिंहले बताउनु भयो ।
सुुदुरपश्चिम प्रदेशका अन्य विभिन्न पालिकाहरुमा पनि क्वारेन्टाइन र आइशोलेसन निर्माण नगरिएका पाइएको छ । संक्रमण बढि फैलिए क्वारेन्टाइन र आइशोलेसन निर्माण गरौला भने पर्खेर बस्नु बुद्धिमतापुर्ण कार्य नभएको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएमा त्यो बेला व्यवस्थापन गर्न समस्या हुने भन्दै उहाहरुले पालिकाहरुले पुर्व तयारीमा जोड दिनुपर्ने बताएका हुन् । ब
Comments are closed.