बझाङमा पानी ट्यांकी फुट्दा २ जनाको ज्यान गयो

 बझाङमा पानी ट्यांकी फुट्दा २ जनाको ज्यान गएको छ । बझाङको तलकोट गाँउपालिका वडा नम्बर १ चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको ज्यान गएको हो । ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा ज्उान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल चैनपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले जानकारी दिनु भयो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बनेको ट्यांकीमा पानी जम्मा गर्ने क्रममा फुटेको हो । परियोजना अन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर पानी गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी फुटेर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.