कञ्चनपुरमा एक जना कोरोना संक्रमितको ज्यान गयो

 कञ्चनपुरमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । भारतको गुजरातबाट घर फर्किएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ का ४८ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे कोरोना संक्रमणबाट ज्यान गएको कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा ज्यान गएको महाकाली अस्पतालका सुचना अधिकारी नारद प्रसाद भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार ती पुरुष यही चैत २२ गते महाकाली अस्पतालमा भर्ना हुनु भएको थियो ।

 भर्ना हुनुअघि दुईचार दिन घरमा आइशोेलेसनमा बसेको भनी जानकारी पाइएको महाकाली अस्पतालका सुचना अधिकारी भट्टले बताउनु भयो । उहाको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको महाकाली अस्पतालका सुचना अधिकारी नारद प्रसाद भट्टले जानकारी दिनु भयो । कोरोना संक्रमित ती पुरुष केही दिन अघि भारतबाट फर्किएका थिए ।

सम्बन्धित

Comments are closed.