कैलालीमा सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउन अनिवार्य

 कैलालीमा सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना महामारी जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तरगत मास्क प्रयोग अनिवार्य गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गराउने निर्णय गरेको हो । मापदण्ड पालना नगर्नेलाई कारवाही हुने बताइएको छ ।

 बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेहरूलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो । बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउँदै जोशीले नियमको उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताउनु भयो ।

 यसैगरी कैलालीका सबै पालिकाहरूलाई विगतका आइसोलेशन र क्वारेनटाइन लाई चालु अवस्थामा राख्न आग्रह गरिएको बताउनु भयो । सार्वजनिक सवारी साधनमा समेत स्यानिटाइजर र मास्कको व्यवस्था निर्देशन जारी गरेका बताउदै जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी जोशीले घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरूलाई कारबाही गरिने बताउनु भयो । बैठकमा स्थानीय तहका, सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.