मुक्त कमलरी विकास मञ्चले कञ्चनपुरको वेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मुक्त कमलरी विकास मञ्चले प्राविधिक शिक्षाको व्यवस्था, मुक्त कमलरीहरुको पुर्नस्थापन लगायतका मागहरु राखेर वेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । यसअघि मुक्त कमलरी विकास मञ्चले कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी क्षेत्रमा ¥याल समेत निकालेको थियो । मुक्त कमलरी विकास मञ्चका अध्यक्ष सीता डगौराको नेतृत्वमा करीब ५०÷६० जना महिलाहरुले विरोध ¥याली समेत निकालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.