कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका सामानहरु प्रहरीद्धारा बरामद

 कञ्चनपुरमा लाखौँ मुल्य बराबरका भन्सार छलि गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बन्धाताल स्थित भन्सार छली पैठारी गरी ल्याएको प्लाष्टिक बोतल, सुट, झुल, धोती, रातो रङको कपडा र म.२ प. १६०२ न.को मोटरसाइकल गरि अन्दाजी एक लाख दुई हजार चार सय पचास रुपैया बराबरका सामानहरु बरामद गरेको हो ।

 ती सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो । उहाका अनुसार मंगलवार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया वनदेबी जंगल नजिक स्थित भन्सार छली पैठारी गरी ल्याएको लेडिज सुट ४८ थान अन्दाजी सन्ताउन्न हजार छ सय रुपैया बराबरको लेडिज सुट कानुन बमोजिम बरामद गरी उक्त सामान आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधवार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साह स्थित भन्सार छली पैठारी गरी ल्याएको चिनी, खाने तेल,स्याम्पु र डेरी क्रिम चकलेट गरी अन्दाजी अठार हजार चार सय रुपैया बराबरको समान कानुन बमोजिम बरामद गरी उक्त समान आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ ।

 यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ चम्मनचोक स्थित भन्सार छली पैठारी गरी ल्याएको लेडिज सुट ६४ थान र साडी १९ थान गरि अन्दाजी त्रिहत्तर हजार पाँच सय रुपैया बराबरको सामान कानुन बमोजिम बरामद गरी उक्त समान आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 यस्तै विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी क्षेत्रबाट अन्दाजी दुई लाख रुपैया मुल्य बराबरका ३ वटा मोटरसाइकल र २ वटा स्कुटी बेवारिसे अबस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.