सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला २७ जनाको स्वावको परीक्षण गरिएकोमा ६ जनामा कोरोना भाइररसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

 उहाका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का २ जना , कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का १ जना र कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ का १ जनामा कोरोना संक्रमण देखिएको हो । हाल अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको सेती प्रादेशिक अस्पताललले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.