नेपाल पत्रकार महासंघ बझाङ्ग जिल्ला शाखामा रोकायाको प्यानल विजयी

 नेपाल पत्रकार महासंघ बझाङ्ग जिल्ला शाखामा शैलेन्द्र रोकाया नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ । बुधबार भएको चुनावमा नेपाल पत्रकार महासंघ बझाङ्ग जिल्ला शाखाको नेतृत्वको लागि रमेश केसी र शैलेन्द्र रोकायको नेतृत्वमा २ वटा प्यानल प्रतिस्पर्धामा थिए । विजय हुनेमा शैलेन्द्र रोकाया अध्यक्ष, सम्राट सिंह उपाध्यक्ष, ललित सिंह सचिव, दोरेन्द्र खड्का सहसचिव, सुवास कठायत कोषाध्यक्ष रहेका छन् ।

 त्यस्तै सदस्यहरूमा धुर्व बिष्ट, आशिष सिंह, बिष्णु खड्का, दिनेश बोहरा, अशोक खड्का, उत्तम थापा, झलक सिंह र बिर्ख बोहरा विजयी भएका छन् । समावेशी उपाध्यक्षमा विना रोकाया र सहसचिवमा तरुणा जोशी निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा शैलेन्द्र रोकायाले ५२ मत र रमेश केसीले १० मत प्राप्त गरेका थिए । बझाङ्गमा ८२ मतदाता रहेकोमा ६८ मत खसेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.