नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा कृष्णसिंह धामी प्यानलसहित विजयी

 नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा कृष्णसिंह धामी प्यानलसहित विजयी हुनु भएको छ । प्रेस युनियन, प्रेस चौतारी (माधव नेपाल समूह), प्रेस सेन्टर लगायतका १२ संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै धामी प्यानलसहित विजयी हुुनु भएको हो । उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल, सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी र कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् । खुला सदस्यमा क्रमशः मान सिंह कुवर,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन् ।

सम्बन्धित

Comments are closed.