नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा धामी विजयी

 नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित हुनु भएको छ । बिहीवार गरिएको मत गणनामा अध्यक्षका उम्मेदवार माधब सिह धामी १ सय १७ मत सहित विजयी हुनु भएको हो । यसैगरी उपाध्यक्षमा भवानी दत्त भट्ट १ सय २३ मत सहित विजयी हुनु भएको छ । यसैगरी उपाध्यक्ष महिलामा १ सय ४६ मत सहित हेमन्ती चौधरी, सचिवमा १ सय १९ मत सहित राजेन्द्र प्रसाद अवस्थी, सहसचिवमा १ सय १३ मत सहित ध्रुब अवस्थी, समाबेसी सहसचिबमा १ सय ४५ मत सहित पहिलाद राना, कोषाध्याक्षमा जय देब जोशी १ सय २२ मत सहित विजयी हुनु भएको छ । यो समाचार तयार पार्दासम्म आधिकारीक रुपमा घोषणा हुन भने बाकी थियो

सम्बन्धित

Comments are closed.