नयाँ वर्षको उपलक्ष्यमा क्रिकेट प्रतियोगिता हुने

 कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा नयाँ वर्षको उपलक्ष्यमा क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको शिवपार्वती टोल विकास समितिको आयोजनामा २०७८ साल बैशाख १ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । टी १० डे नाइट क्रिकेट टुर्नामेन्टको आयोजना हुन गइ रहेको क्रिकेट प्रतियोगिता सम्पर्क व्यक्ति शिशिर थापाले जानकारी दिनु भयो ।

 उहाका अनुसार क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई २५ हजार २ सय २५ रुपैया पुरस्कार प्रदान गरिने छ । क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहाने टिमहरुका लागि प्रवेश शुल्क १० हजार रुपैया तोकिएको छ । क्रिकेट प्रतियोगितामा प्रत्येक टिमले अन्य दुई टिमसंग खेल्न पाउने छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.