कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । संघीय प्रहरी ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ प्रेमनगर स्थित भन्सार छली पैठारी गरी ल्याएको अन्दाजी एक लाख एक हजार नौ सय सत्तरी रुपैया बराबरका चैनस्पोकेट सुपर, हेण्डिल कोन, सक्कर सिल, मोटरगार्ड, ब्रेक तार, मिटरतार, बेरिङ, पल्सर हेण्डिलकोन लगायतका विभिन्न सामानहरु बरामद गरेको हो ।
यस्तै लु.६ प. २७९२ नम्बरको एक थान पल्सर मोटसाइकल र युपी घज्ञद्यज्ठछटछ नम्बरको हिरोहोण्डा मोटरसाइकल एक थान गरी २ लाख दश हजार रुपैया बराबरका मोटरसाइकलहरु कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित भन्सार छली पैठारी गरी ल्याएको शिसा, बम्फर,एडप्टर, बनोट लक, स्ट्याग र्याक गरि अन्दाजी सईतिस हजार चार सय सात समेत गरि जम्मा तीन लाख उन्पन्चास हजार तीन सय सतह्तर रुपैया बराबरका बिभिन्न समान र मोटरसाइकलहरु कानुन बमोजिम बरामद गरी उक्त समान र मोटरसाइकलहरु आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।