कञ्चनपुरमा डाका मुद्धाका फरार १ जना प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ

 कञ्चनपुरमा डाका मुद्धाका फरार १ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले वि.स.२०३२ साल देखी भारतिय डकैतिको सहयोग लिई कञ्चनपुरको दक्षिणी सिमाक्षेत्रमा यस अघि बि.स.२०४४ साल, २०४८ र २०५० सालमा समेत डाका डाली हाल सम्म फरार रहेको डाकाका नाईके कञ्चनपुरको साबिकको परासन गाउ विकास समिति वडा नम्बर ७ बस्ने बल बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

 कञ्चनपुर जिल्ला अदालतको मिति २०५० असार २ गतेको फैसलाले ६ बर्ष कैद र ६२ हजार ४ सय १५ रुपैया जरिवाना भई लगत बसेका निज प्रतिबादीलाई निजकै घर ठेगानामा लुकीछिपी बसेको अबस्थामा फेला पारी शुक्रवार जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागी कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.