कञ्चनपुरमा रहेका आरक्ष पीडितहरुको समस्या समाधान गरी व्यवस्थापन गर्न पहल गरीदनि भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई ज्ञापन पत्र बुझाईएको छ । आरक्ष पीडित जिल्ला संघर्ष समिति कञ्चनपुरले तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित गराइएका आरक्ष पीडितहरुको समस्या समाधानका लागि पहल गरीदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हो ।
आरक्ष पीडितहरुको समस्या समाधानका लागि भन्दै विभिन्न आयोगहरु बनेका भएपनि अझै आफुहरुको समस्या समाधान हुन नसकेको आरक्ष पीडितहरुले बताएका छन् । जनबाहिनी नेपालको पहलमा आरक्ष पीडित जिल्ला संघर्ष समिति कञ्चनपुरको टोलीले शुक्रवार ज्ञापन पत्र बुझाउदै आफुहरुको समस्या समाधान नगरेमा २०७८ साल बैशाखदेखि अर्जुनी व्यारेक घेर्न बाध्य हुने जनाएको छ । यसबाट पर्न जाने समस्याको जिम्मेवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय हेडक्वाटर मझगाउ र नेपाल सरकार हुने ज्ञापन पत्रमा भनिएको छ ।
Comments are closed.