कञ्चनपुरको वेदकोट नगरपालिका चुरेक्षेत्र बछेला धाममा “परमानन्द आश्रम“र“पण्डित काशीराम होमकुण्ड“ निर्माण गरिएको छ । पण्डित बाशुदेब ओझाको ब्यक्तिगत पहल र लगानीमा ४२ फिट लम्बाइ, १८फिट चौडाइ रहेको “परमानन्द आश्रम“र“पण्डित काशीराम होमकुण्ड“ निर्माण गरिएको हो ।
] पर्यटनमा बढावा दिन, सास्कृतिक पहिचान, चुरे संरक्षण, यात्रीहरुलाई सहजता, सामाजिक एकतालाई कायम राख्दै विकसित वेदकोटको लक्ष्य सहित सार्वजनिक उपयोगको लागी संरचना निर्माण गरिएको पण्डित ओझाले बताउनु भयो ।