शनिबार सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ७० जनाको स्वावको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो । यस्तै, बैतडी अस्पतालको प्रयोगशालामा ६ जनाको स्वावको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
Comments are closed.