मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको ज्यान गएपछि आक्रोशित आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । उहाहरुले ठक्कर दिने मोटरसाइकल र व्यक्तिको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारवाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ । शुक्रबार साँझ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको थियो ।
Comments are closed.