विसु अर्थात नयाँ बर्ष सामान्य तरिकाले मनाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको आग्रह,

 विशु पर्वको रौनक सुदुरपश्चिम प्रदेशका विभिन्न सहर तनेपालीहरुको ठूलो पर्व विसु अर्थात नयाँ बर्ष सामान्य तरिकाले मनाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रदेशवासीमा आग्रह गर्नुभएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै गइरहेका बेला सामाजिक दुरी कायम गरेर परिवारकै बिच बसेर नयाँ बर्ष मनाउन मुख्यमन्त्री भट्टले आग्रह गर्नुभएकोछ ।

 छिमेकी देश भारतमा कोरोनाको संक्रमणले भयावह रुप लिन थालेपछि कामका लागि भारत गएका नेपालीहरु फर्किने क्रम बढेको छ । नाकामा दैनिक हजार बढिको संख्यामा नेपाल फर्किनेहरुको भिड देख्न सकिन्छ । मुख्यमन्त्री भट्टले प्रदेश सरकारले नाकामा कोरोना जाँचको ब्यवस्था गरेको भएपनि परदेश बाट आएको केहि दिन परिवारबाट अलग बस्न र सामाजिक दुरी कायम गरेर बस्न सबैमा आग्रह गर्नुभएको छ । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भारतबाट आउने ५ प्रतिशत नागरिकमा कोरोनाको संक्रमण देखिने गरेको छ ।

 अहिले देखिएको कोरोनाको संक्रमण विगत भन्दा केहि फरक र जटिल किसिमको भएकोले कोरोना रोकथामको सरकारको यस कदममा साथ दिन सबैलाई मुख्यमन्त्री भट्टले आग्रह गर्नुभएको छ । साथै मास्क र सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिराख्न उहाले सबैमा आग्रह गर्नुभएको छ । नयाँ बर्षले सबैलाई सुख शान्ति प्रदान गर्नुको सबैलाई कोरोनासँग लड्ने क्षमता प्रदान गरोस भन्ने कामना पनि उहाको रहेको छ । था गाउहरुमा छायो,

सम्बन्धित

Comments are closed.