सुदुरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढीका १७ जना सहित २० जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको स्वावको नुमना परीक्षण गर्दा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका १७, भजनी नगरपालिकाका दुई र कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमा नाकामा स्वदेश फर्किनेको लर्को लागेसंगै सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।
Comments are closed.