सुुदुरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुुदुरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो । बुधबार ७३ जनाको स्वावको नमूना परिक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

 संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । हाल सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर २ जनाको उपचार भइरहेको छ भने १ जना आईसियुमा र २ जना आईसोलेशनमा रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.