आरक्ष पिडीत संघर्ष समितिको चक्काजाम

आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले शुक्रवार चक्काजाम गरेको छ ।
     कृष्णपुर नगरपालिका २ वंकमा विहान ९ वजेदेखी १० वजेसम्म १ घण्टा चक्काजाम गरेको हो । २०५८ सालदेखी आरक्ष पिडीतहरुलाई राज्यले जग्गा उपलव्ध गराउने भनेपनि हालसम्म जग्गा उपलव्ध नगराउँदा आफुहरुले चक्काजाम गर्नुपरेको जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले बताए ।
आरक्ष पिडीत परिवारलाई जग्गा उपलव्ध नभएसम्म संघर्षका कार्यक्रमहरु निरन्तर जारी रहने पनि ओझाले जानकारी दिए । “आरक्ष पिडीतहरुलाई जग्गा उपलव्ध गराइनुपर्छ,यसको विकल्प छैन,जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले रेडियो  भने, जग्गा उपलव्ध नभएसम्म हाम्रो संघर्ष जारी रहन्छ” ।
 ओझाले सरकारले आरक्ष पिडीतहरुको मागलाई अब नजरअन्दाज गरे अर्जुनीफाँटामा शिविर वसाउने योजना रहेको बताए । उनले भने,”हाम्रो अन्तिम लक्ष्य भनेको सरकारले आरक्ष पिडीतको मागलाई वेवास्ता गरे करिव १५-१६ सय परिवारलाई अर्जुनी व्यारेक पछाडीपट्टी व्यवस्थापन गर्नु हो” ।
विहीवार मात्रै पनि आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले सोही ठाउँमा एक घण्टा चक्काजाम गरेको थियो ।
सम्बन्धित

Leave A Reply

Your email address will not be published.