सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा ६६ जनाको स्वावको नमूना परीक्षण गर्दा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

 उहाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका दुई जना, चुरे गाँउपालिकाका एक जना, टीकापुर नगरपालिकाका एक जना, डोटीको बडिकेदार गाँउपालिकाका एक जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । हाल सेती प्रादेशिक अस्पतालमा१६ जना कोरोना संक्रमितको उपचार भइ रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.