राष्ट्रिय युवा सघं नेपालको पत्रकार सम्मेलन सम्पन्न

 राष्ट्रिय युवा सघं नेपालले आयोजना गरेको पत्रकार सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको छ । वर्तमान सरकारले गरेको कार्यहरुबारे जानकारी गराउन तथा सरकारले गरेका सकारात्मक कार्यहरुको आम नागरीकसम्म जानकारी पु¥याउनका लागि भुमिका खेल्न पत्रकारहरुलाई आग्रह गर्ने उद्येश्यले पत्रकार सम्मलेन गरिएको जनाइएको छ । प्रेस चौतारीका कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय अध्यक्ष बचन बहादुर सिंह रहनु भएको थियो ।

 पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष सिंहले वर्तमान सरकारले गरेका राम्रा कार्यहरु जनतासम्म प्रभावकारी रुपमा जान नसकेका हुदा वर्तमान सरकारले गरेका राम्रा कार्यहरुको जानकारी जनतासम्म पु¥याउन पत्रकारहरुले भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । वर्तमान सरकारले ५ लाख युवाहरुलाई रोजगारी दिनका लागि पहल गरी रहेको तथा सरकारको नारामा भनिएजस्तै सुखी नेपाली, समृद्ध नेपाल बनाउन कार्य गरी रहेको राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय अध्यक्ष सिंहले बताउनु भयो । उहाले सरकारले थुप्रै राम्रा कार्यहरुल गरेको भएपनि सरकारका कार्यहरुमो गलत तरिकारले प्रचार गरिएको बताउनु भयो ।

 साथै राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय अध्यक्ष सिंहले सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा शैलीमा सुधार ल्याउन तथा सभ्य भाषाको प्रयोग गर्नका लागि आग्रह गर्ने उद्येश्यका साथ साइबर सेनाले कार्य गरेको बताउदै साइबर सेनाले कसैलाई होच्याउने कार्य नगरेको दाबी गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.