नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

 नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई कञ्चनपुरमा सम्मान गरिएको छ । कञ्चनपुरका पत्रकारहरुले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुका साथै स्वागत गरेका हुन् ।

 साथै नव निर्वाचित पदाधिकारीहरुले समेत निर्वाचित गराउन सहयोग पु¥याउने पत्रकारहरुलाई धन्यवाद दिएका छन् । साथै कार्यक्रममा नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

सम्बन्धित

Comments are closed.