अपि सामुदायिक अध्ययन केन्द्र कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरका नवनिर्वाचित पदाधिकारी, खेलाडी लगायतलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष माधवसिह धामी, उपाध्यक्ष भवानी भट्ट, कोषाध्यक्ष जयदेव जोशी र सदस्य रमेश भट्टलाई शनिवार एक कार्यक्रमकाबिच सम्मान गरिएको हो । त्यसैगरी कञ्चनपुरकी कुस्तीकी खेलाडी संगीता धामी लगायत सास्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
शनिवार अपि सामुदायिक अध्ययन केन्द्र कञ्चनपुरले कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाल पत्रकार महासंघ कञ्चनपुरका नवनिर्वाचित पदाधिकारी, खेलाडी लगायतलाई सम्मान गरेको हो । संस्कृतिको संरक्षण गरी आफ्नो मौलिक पहिचानलाई कायम राख्ने उद्येश्यले अपि सामुदायिक अध्ययन केन्द्र कञ्चनपुरको स्थापना गरिएको बताउदै कार्यक्रमका सभापति समेत रहनु भएका अपि सामुदायिक अध्ययन केन्द्र कञ्चनपुर भीमदत्त नगरका नगर सभापति मोहनदेव भट्टले आफुहरुले संस्कृतिको जगेर्ना गर्नका लागि पहल गरी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा.कुस्माकर भट्टले सुदुरपश्चिम प्रदेश संस्कृतिमा धनी भएकाले सस्कृतिको संरक्षणका लागि सबैले एकजुट हुन आवश्यक रहेको बताउदै सबैले संगठित भइ संस्कृतिको संरक्षण गरी पहिचानको समेत संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । साथै उहाले नव वर्ष २०७८ सालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अपि सामुदायिक अध्ययन केन्द्र कञ्चनपुरका जिल्ला सभापति जनकसिंह धामी, बुद्धीजीवी, प्राध्यापक, सुरक्षाकर्मी, शिक्षक लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिको संरक्षणका लागि सबै संगठित हुन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
Comments are closed.