गड्डाचौकी नाका भएर भित्रिएका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

 भारतसंग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाद्धारा कञ्चनपुरको गड्डाचौकीमा स्थापित हेल्थ डेस्कमा शनिबार १७७ जनाको ऐन्टीजेन बिधीबाट कोरोना परिक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टी भएको हो ।

 संक्रमण पुष्टी भएकाहरुलाई आइ सी एच भबन महेन्द्रनगरको आइसोलेसनमा पठाइएको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिसटेन्ट आकाश बारुडीले शुक्लाफाटा एफ. एम. लाई जानकारी दिनुभयो । उहाका अनुसार शुक्रबार सम्म गड्डाचौकी नाका भएर भारतबाट नेपाल फर्किनेहरु मध्ये कोरोना संक्रमण पुष्टी भएकाहरुलाई कञ्चनपुरको महाकाली अस्पतालको आइसोलेसनमा राखिदै आएको थियो तर थप संक्रमित राख्न महाकाली अस्पतालको आइसोलेसनमा ठाउ नभएकाले शनिबार बाट संक्रमितहरुलाई महेन्द्रनगर स्थीत आइ सी एच भबनमा राख्न थालिएको हो ।

 हेल्थ डेस्क स्थापना पछि हालसम्म कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका करिब २४०० जनाको एन्टीजेन बिधीबाट कोरोना परिक्षण गरिएकोमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितहरुलाइ १४ दिन आइसोलेसनमा राखिदै आइएको छ । यसैगरीे गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रीनेहरुको क्रम जारी रहेको छ ।

 शनिबार मात्रै कञ्चनपुरको गड्डाचौकी नाका भएर ६५१ जना नेपाल भित्रिएका छन । सीमानाकामा भारतबाट नेपाल भित्रिनेहरुमध्ये कोरोना संक्रमणका हिसाबले भारतका उच्च जोखिमयुक्त ठाउबाट आएका ब्यक्तीहरु तथा केही अन्यको मात्रै कोरोना परिक्षण गर्ने गरिएको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिसटेन्ट बारुडीले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.