कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य सुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि दोधरा चादनी नगरपालिकाले ३८ लाख ११ हजार ३ सय ४४ रुपैया बजेट परिचालन गरेको छ ।
अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताउनु भयो । नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका बताउदै दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गिरीले आवास नभएका सबै परिवारलाई सुरक्षित आवासको पहुँच पु¥याउने लक्ष्य लिएका बताउनु भयो ।
सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उहाले बताउनु भयो । उहाका अनुसार एक घर निर्माण गर्न झण्डै दुई लाख रुपैया खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आर्थिक वर्षमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।
Comments are closed.